काठमाण्डु – लामो समयको रस्साकस्सीपछि तीन वटा विश्वविद्यालयले उपकुलपति पाएका छन् । सरकारले बुधबार नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भागबन्डाका आधारमा उपकुलपति नियुक्त गरेका हुन् ।
जसअनुसार संस्कृत विश्वविद्यालयमा प्रा. डा. यादवप्रकाश लामिछाने, पोखरा विश्वविद्यालयमा प्रा. डा. प्रेमनारायण अर्याल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा. डा. पुण्यप्रसाद रेग्मी उपकुलपतिमा नियुक्त भएका छन् ।
लामिछाने प्रधानमन्त्री ओली निटक मान्छिन् भने रेग्मी अध्यक्ष प्रचण्ड निकट छन् । त्यस्तै अर्याल कांग्रेस निकट हुन् ।
उपकुलपति नियुक्तीको विषयमा सभापति देउवासहित अध्यक्षद्वय अोली र प्रचण्डबीच लामो समयदेखि छलफल हुँदै आएको थियो ।




प्रतिक्रिया