रौतहट – रौतहट जिल्लाकाे गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका २ कटानी बजारकी राधिका राउतको गरुडास्थित प्रहरीको महिला बालबालिका सेवा केन्द्रको हिरासतमा बुधबार राती मृत्यु भएको हाे ।
कटानी बजारका २१ वर्षीय सम्राट तामाङसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार साझ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
रंगपुर प्रहरी चौकीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएपछि राती नै दुबैको स्वास्थ्य जाँच गराइएको थियो । चन्द्रनिगाहपुर हिरासतमा महिलालाई राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवाकेन्द्रमा राख्न लगिएको थियो ।




प्रतिक्रिया