काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले बढुवा भएका उपरथीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
असोब १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई आज प्रधानसेनापति थापाले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी श्रेष्ठलाई ईन्जिनियरिङ विभाग, विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया