गोविन्द केसीलाई सरकारले भन्योः अनसन फिर्ता लिएर कोरोनाविरुद्ध लागौं

गोविन्द केसीलाई सरकारले भन्योः अनसन फिर्ता लिएर कोरोनाविरुद्ध लागौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन ताड्न आह्वान गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदस्प कुमार ज्ञवालीले अनसन तोडेर कोरोनाविरुद्धको अभियानमा लाग्न आग्रह गरेका छन् ।

‘देश यत्रो संकटमा छ । कोरोनाका विरुद्ध जनतालाई जोगाउने अभियानमा जाँदै गर्दा आज मात्रै हामीले एक चिकित्सकलाई गुमाएका छौं । एकातिर चिकित्सकहरु, सुरक्षाकर्मीहरु जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागि रहनु भएको छ,’ उनले भने, ‘यो असामान्य अवस्थामा अनसन सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय हो र ? केही विषय छन् भने पछि छलफल गर्न सकिन्छ । अहिले अनसन फिर्ता लिएर सबै कोरोना विरुद्धमा लागौं ।’

प्रवक्ता ज्ञवालीले डा केसीले उठाएका मागहरु पूरा भएको र कार्यान्वयनमा पनि गएको बताए । उनले केसीले उठाएको महत्वूर्ण माग पूरा भएको बताए ।