अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण

अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएपछि सिडिओ पौडेल र सहायक सिडिओ थापा होम आइसोलेसनमा बसेका छन् । उनीहरु जिल्लाको शीतगंगा र सन्धिखर्क नगरपालिकामा पहिरो पीडितलाई राहत वितरण गरेर फर्किएका थिए ।

सिडिओ पौडेलले राहत वितरण कार्यमा जाँदा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् । उनले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु निरन्तर सञ्चालन हुने जानकारी दिए ।