काठमाण्डु – नेपाल चिकित्सक संघले काठमाण्डु उपत्यका बाहिर रहेका कोरोना भाइरस संक्रमित चिकित्सकहरुलाई काठमाण्डु ल्याउन सरकारसँग माग गरेको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संघका महासचिव डा.बद्री रिजाल र अध्यक्ष लोचन कार्कीले हेलिकोप्टरमार्फत काठमाण्डुमा ल्याउन सरकारसँग गरेका हुन् ।
त्यस्तै संघले कोरोना संक्रमण भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपचार खर्च सबै सरकारले व्यहोर्नुपर्ने माग गरेको छ । संघले कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु हुन थालेपछि सरकराले स्वास्थ्यकर्मीको उपचारका लागि आवश्यक व्यवास्था गर्नूपर्ने माग गरेको हो ।
‘काउन्सिलको निर्देशिकामा उल्लेख भएका अध्यावश्यक औषधीहरु जस्तै इन्जेक्सन रिमेडेसिभरलगायतका कोभिड उपचारमा आवश्यक पर्ने भैन्टीलेटर, अक्सिजन, आईसियू बेडहरु र जनरल बेडहरुको संख्या वृद्धि गर्नुपर्नेछ’, संघले विज्ञप्तिमार्फत भनेको छ ।
संघले युद्धमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्नका लागि सुरक्षाका सामाग्रीहरुको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
त्यस्तै कोरोना संक्रमित चिकित्सकहरुको आवश्यक उपचारको व्यवस्थापनका लागि मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था हुनुपर्ने माग गरिएको छ । संघले कोरोनाबाट चिकित्सकको मृत्यु भएमा १ करोडसम्मको बीमा रकम भुक्तानी दिन पनि सरकारसँग माग गरिएको छ ।




प्रतिक्रिया