काठमाण्डु – प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।




प्रतिक्रिया