अस्टुरियास स्पोर्ट्स अवार्ड पाएपछि मेस्सी भावुक, भने-‘माया र सम्मानप्रति आभारी छु’

अस्टुरियास स्पोर्ट्स अवार्ड पाएपछि मेस्सी भावुक, भने-‘माया र सम्मानप्रति आभारी छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्जेन्टिनाका विश्वचर्चित फुटबल खेलाडी लियोनल मेस्सीले स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियास स्पोर्ट्स अवार्ड’ प्राप्त गरेका छन्।

उनले त्यसपछि आफूले सम्मानित महसुस गरेको बताएका छन्। उनले पुरस्कारलाई आफ्नो लागि विशेष मान्यता भन्दै आयोजक, सहविजेता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्।

मेस्सीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुरस्कार प्राप्त गर्नु आफ्नो लागि सम्मानको विषय भएको बताएका हुन्।

उनले अवार्डका अन्य विजेतासँग भेट्न पाएको र उनीहरूसँग केही दिन बिताउन पाएको अनुभव पनि सुखद रहेको उल्लेख गरेका छन्।

‘प्रिन्सेस अफ अस्टुरियास स्पोर्ट्स अवार्ड प्राप्त गर्नु सम्मानको विषय हो। सबै विजेतालाई बधाई। तपाईंहरूसँग भेट्न र यी दिनहरू सँगै बिताउन पाउँदा मलाई निकै खुसी लाग्यो,’ मेस्सीले लेखेका छन्।

उनले यस विशेष सम्मानका लागि प्रिन्सेस अफ अस्टुरियास फाउन्डेसनप्रति धन्यवाद व्यक्त गरेका छन्।

पुरस्कारले आफूलाई व्यक्तिगत रूपमा मात्र नभई यसले प्रतिनिधित्व गर्ने मूल्य र महत्वका कारण पनि विशेष अर्थ राख्ने उनको भनाइ छ।

मेस्सीले सम्मान प्राप्त गर्ने क्रममा आफूले पाएको माया र सद्भावप्रति पनि आभार व्यक्त गरेका छन्।

‘यसले प्रतिनिधित्व गर्ने सबै कुराका लागि मलाई यो विशेष सम्मान प्रदान गरेकोमा प्रिन्सेस अफ अस्टुरियास फाउन्डेसनप्रति धन्यवाद ! मलाई सबैले देखाउनुभएको माया र आत्मीयताप्रति पनि म निकै आभारी छु,’ उनले लेखेका छन्।

केही समयदेखि सार्वजनिक रूपमा यसरी सक्रिय नभएको उल्लेख गर्दै मेस्सीले पछिल्ला दिनको अनुभव निकै रमाइलो भएको बताएका छन्।

उनले आफ्ना समर्थक तथा शुभेच्छुकलाई आत्मीय सन्देश दिँदै सबैलाई ठूलो अँगालोसमेत पठाएका छन्।

‘म यहाँ आएको केही समय भइसकेको थियो। यसपटक यहाँ आएर निकै रमाइलो लाग्यो। सबैलाई ठूलो अँगालो,’ मेस्सीले फेसबुकमा लेखेका छन्।

के हो प्रिन्सेस अफ अस्टुरियास अवार्डरु

प्रिन्सेस अफ अस्टुरियास अवार्ड स्पेनको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारमध्ये एक हो। विभिन्न क्षेत्रमा मानवता, संस्कृति, विज्ञान, खेलकुद र सामाजिक योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ।

यसअन्तर्गतको खेलकुद विधामा उत्कृष्ट उपलब्धि हासिल गरेका खेलाडी वा खेलकुदसँग सम्बन्धित व्यक्तित्वलाई सम्मान गरिन्छ। यो पुरस्कारले खेलकुदमा उत्कृष्टतासँगै समाजमा खेलकुदको योगदानलाई समेत महत्व दिन्छ।

मेस्सी विश्व फुटबलका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन्। उनले अर्जेन्टिनालाई सन् २०२२ को कतार विश्वकपको उपाधि दिलाएका थिए।

उनी आठ पटकका बालोन डीुओर विजेता पनि हुन्। क्लब फुटबलमा बार्सिलोना र पेरिस सेन्ट(जर्मेनबाट खेलेका उनी हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन्।