जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।

घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्।

बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्।

अस्पताल परिसरमा रोएको आवाज र चिच्याहट सुनिएको थियो। केही स्थानीयले चरमपन्थीविरुद्ध कडा कदम चाल्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्ने बताएका छन्। घटनाको जिम्मेवारी तत्कालसम्म कुनै समूहले लिएको थिएन। मुस्लिम बहुल जोर्डनको काराक क्षेत्रमा उल्लेख्य इसाई समुदायको बसोबास छ।

लेबनानका राष्ट्रपति जोसेफ औनले पनि घटनाको निन्दा गरेका छन्। उनले अन्त्येष्टिमा सहभागीहरूमाथि भएको आक्रमणलाई धार्मिक तथा मानवीय मूल्यविरुद्धको कार्य बताएका छन्।