प्रहरी पोशाकमा हेर्डक्वार्टरको कडाई, अनुमति बिना टिकटक र म्युजिक भिडियो खिचे कारबाही

प्रहरी पोशाकमा हेर्डक्वार्टरको कडाई, अनुमति बिना टिकटक र म्युजिक भिडियो खिचे कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीको पोसाकको दुरुपयोग हुने क्रम बढेपछि कुनै पनि कार्यमा प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वीकृति लिएरमात्र गर्न आग्रह गरेको छ।

पछिल्लो समय विभिन्न चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो तथा टिकटकमा समेत नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेकाले प्रहरीलाई जानकारी नदिइ प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यदि कसैले जानकारी नदिइ प्रहरीको पोसाक प्रयोग गरेर कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । ‘प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार इकाइको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ ’, सूचनामा भनिएको छ ।