काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुर्नगठन, पार्टी एकताका बाँकी कामबारे छलफल जारी छ ।
आजको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी रहेको स्रोतले जनाकारी दियो छ । असोज ६ गते बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन अध्यक्षद्वय ओली–प्रचण्ड र महासचिवलाई जिम्मा दिएको थियो । सोहीअनुसार अध्यक्षद्वय असोजभित्र एकताका बाँकी काम टुंगोमा पुर्याउन छलफलमा जुटिरहेका छन् ।




प्रतिक्रिया