काठमाण्डु – नेपाल चिकित्सक संघले आज (आइतबार) देखि गर्ने भनेका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । शनिबार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
डा. गोविन्द केसीको माग पूरा गर्नबाट सरकार पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । संघले २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको थियो । सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनसन तोड्ने तयारी छ ।





प्रतिक्रिया