कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको जनाएको छ ।

शाहीले पार्टीका काम कारबाही प्रभावकारी रुपमा गर्न नसकेको र जनताकाबीचमा सरकार लोकप्रिय बन्न नसकेको आरोप लागेको छ । मुख्यमन्त्रीको कार्यशैलीविरुद्ध नेकपा सांसदहरु असन्तुष्ट रहँदै आएका छन् ।

शाहीविरुद्ध नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

मुख्यमन्त्रीविरुद्ध सांसदहरु यामलाल कँडेल, चन्द्र बहादुर शाही, करविर शाही, कर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमरा थापा, मिना सिंह राणासहित १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।