डा. केसीले फेरी अनसन बस्ने स्थिति हुनेछैनः प्रवक्ता श्रेष्ठ

डा. केसीले फेरी अनसन बस्ने स्थिति हुनेछैनः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीका माग व्यवहारिक रुपमा पूरा गर्नुपर्ने बताएका छन् ।

डा. केसीले आइतबार बिहान १९ औं अनसन तोडेपछि प्रवक्ता श्रेष्ठले फेरी अनसन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।

‘यो सकारात्मक एवं खुशीको कुरा हो । अब फेरी यस्तै अनसन बस्ने वा गर्ने स्थिति हुनेछैन भन्ने आशा गरौं’, उनले भने ।

प्रवक्ता श्रेष्ठले यसअघि पनि सरकारले डा. केसीको जीवन रक्षा गर्नुपर्ने बताएका थिए ।