काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना रहेका छन् ।
शनिबार काठमाण्डु उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा २१००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना रहेका थिए ।
योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ४२ हजार ८५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया