काठमाण्डु – सरकारले कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न भएको बताएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्ठडु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आईसियू र भेन्टलेटरको अभाव भएको बताए ।
‘हाम्रो अस्पतालको सिमित स्रोत साधानहरुले बिरामको उपचार गर्न अफ्ठ्यारो परिहेको छ । कतिपय ठाउँमा आईसियूको अभाव देखिएको छ । भेन्टिलेटरहरु अन्य बिरामीलाई प्रयोग भएकाले कोभिडका बिरामले पाउन मुस्किल छ ।’
केही समय सार्न सकिने अप्रेसनहरु सार्न पनि प्रवक्ता गौतमले अस्पतालहरुलाई आग्रह गरेका छन् । उनले खाली भएका त्यस्ता भेन्टिलेटरहरु कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले सक्रिय संक्रमितको संख्या ३१ हजार नाघेकाले समस्या उत्पन्न भएको बताए । उनले रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।




प्रतिक्रिया