काठमाण्डु – नेपाल प्रहरीले एक युवतीलाई भारत बेचेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
विभिन्न प्रलोभनमा पारी २० वर्षीया महिलालाई भारत लगी बेचबिखन गरेको अभियोगमा काठमाण्डु नयाँबस्ती बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई विभिन्न प्रलोभन देखाई भारतमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाण्डु गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
तामाङ उपर मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने उक्त ब्यूरोले जनाएको छ ।




प्रतिक्रिया