प्रमुख निर्वाचन आयुक्तको निवास पुगेर गृहमन्त्री बादलले भनेः ‘बम पड्काउनेको पहिचान भइसक्यो, छिट्टै पक्राउ गर्छौं’


काठमाडौं-  गृहमन्त्री रामबहादुर थापा बादलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा बम पड्काउनेको पहिचान भइसकेको बताएका छन् ।

मंगलबार ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगेपछि प्रतिक्रिया दिँदै उनले केही समूह अस्थिरता निम्ताउन उद्दत रहेको बताउँदै उनीहरुको पहिचान भइसकेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने बताए । साथै उनले निर्वाचन आयोगका पदाधिकारीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने बताएका छन् ।

आयोगका पदाधिकारीहरुको सुरक्षामा  सरकार गम्भीर रहेको बताउँदै उनले उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख आयुक्त डा यादवको निवासमा  सोमबार साँझ बम पड्किएपछि सुरक्षाको विषयमा सवाल उठेको थियो । बम पड्किँदा उनको घरको पर्खालमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement