बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, के–के भयो छलफल ?

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, के–के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कर्णाली प्रदेशमा देखिएका विवादबारे छलफल भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि चर्किएको विवाद समाधान गर्न दुवै अध्यक्षबीच निरन्तर छलफल चलिरहेको छ ।

पार्टी एकताका बाँकी काम असोजभित्र टुंगो लगाउने भनिएको छ । तर, पार्टीको आन्तरिक किचलोका कारण एकताको काम बाँकी काम निष्कर्षमा पुग्न सकेको छैन् ।

कर्णालीको विवाद मिलाउन अध्यक्षद्वयले मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, सांसद यामलाल कँडेल, गुलावजंग शाही र सांसद चन्द्रहादुर शाहीलाई काठमाण्डु आउन निर्देशन दिएका हुन् ।