कात्तिकमा भारतीय सेनाध्यक्षको नेपाल भ्रमण, यस्तो छ कार्यक्रम

कात्तिकमा भारतीय सेनाध्यक्षको नेपाल भ्रमण, यस्तो छ कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सेनाका स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरावणे कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् ।

गत माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले नरावणेको नेपाल भ्रमण स्वीकृत गरेको थियो । नेपाली सेनाले विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको नरावणेको नेपाल भ्रमण यही कार्तिक १८ मा हुने जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्या देवी भण्डारीले जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।