काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद निरुदेवी पाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनले आफूलाई रुगाखोकी, हल्का जोरो सासफेर्न गारो र जिउ दुखेपछि स्वाब परीषणका लागि दिएकी थिइन् । उनले आफू चाँडै नै कोरोनालाई जितेर फर्किने बताएकी छन् ।
‘म यतिछिट्टै हार खादिन । म यतिछिट्टै यो संसारबाट बिदा हुन्न अझ धेरै काम गर्न बाँकी छ । बलात्कारीका लागी कडा कानून बनाउन बाँकी नै छ’, उनले भनिन् ।
त्यस्तै उनले कञ्चनपुरका बिकाश निर्माणका धेरै काम बाँकी रहेको र समतामूलक समाज निर्माणको अभियान पुरा नभएको बताएकी छन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन पनि आग्रह गरेकी छन् ।




प्रतिक्रिया