काठमाण्डु – नेपाली काँग्रेस सुनसरी काठमाण्डु सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी-काठ्माण्डु सम्पर्क समिति चयन गरेको छ ।
नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई कोषाध्यक्ष मनोज बनेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा. कुंजीलाल यादब, संजय खतिवडा रहेका छन् ।
कोरोना महामारीको समयलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर शुक्रबार अधिवेशन गरिएको हो । सुनसरीबाट काठमाण्डु आई बसेबास गर्नेहरुका लागि कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या भएको समाधान गर्न प्रयास गर्ने उदेश्यसहित समिति गठन गरिएको समितिका नबनिर्बाचित सभापति बाबुराम आचार्यले बताए ।
भेलाका संयोजक सुरज श्रेष्ठले काँग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौं आएका सबैलाई समेट्न सहज गर्न काँग्रेसको संगठन आवश्यक हुने हुनाले सम्पर्क समिति आवश्यक भएको महशुस गरी गठन गरिएको बताए । नबनिर्बाचित आचार्य तरुण दलका नेता समेत हुन् ।




प्रतिक्रिया