झलनाथ खनालको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुँदै

झलनाथ खनालको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।

‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ’, उनले भने, ‘चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।’ उनलाई रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।