काठमाण्डु – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकसँग २० करोड डलर ऋण लिने घोषणा गरेका छन् ।
आज पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले कोरोना भाइरसको महामारीले थला परेको नेपालको अर्थतन्त्र उकास्न २० करोड डलर ऋण लिने बताएका हुन् ।
मन्त्री पौडेलले २० करोड डलर ऋण लिने समझौतापत्रमा हस्ताक्षर गरेका छन् । उनले उक्त रकम कोरोना भाइरस नियन्त्रणमा खर्च गर्ने बताए ।




प्रतिक्रिया