खुमलटारमा अध्यक्ष प्रचण्डसँग कर्णालीका सांसदको भेट, संयुक्त बैठक बोलाउने तयारी

खुमलटारमा अध्यक्ष प्रचण्डसँग कर्णालीका सांसदको भेट, संयुक्त बैठक बोलाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशबाट आएका नेताहरुसँग छुट्टाछुट्टै छलफल थालेका छन् ।

कर्णालीका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उत्पन्न विवाद केन्द्रसँगको समन्वयमा समाधान गर्ने तयारी भइरहेको छ । सोही विवाद मिलाउन अध्यक्षद्वय ओली र प्रचण्डले केही नेतालाई काठमाण्डु बोलाएका थिए ।

आज अध्यक्ष प्रचण्डले खुमलटारमा मुख्यमन्त्रीसहित आफू निकट केही सांसदहरुसँग छलफल गरेका थिए । उनले नेताहरुबाट ब्रिफिङ सुनेको र प्रधानमन्त्री अ‍ोलीुसँग छलफल गरेर संयुक्त बैठक बोलाउने जवाफ दिएको स्रोतले जानकारी दियो ।

अध्यक्षद्वय ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, सांसद यामलाल कँडेल, गुलावजंग शाही र सांसद चन्द्रहादुर शाहीलाई काठमाण्डु आउन निर्देशन दिएका हुन् ।