सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्छः आईजीपी क्षेत्री

सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्छः आईजीपी क्षेत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी हवल्दार र जवानमा रहेको उत्प्रेरणाको स्तरमा सुधारको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी क्षेत्रीले प्रहरी हवल्दार र जवानमा रहेको उत्प्रेरणाको स्तरमा सुधारको आवश्यकता रहेको बताए ।

‘अनुसन्धानले उनीहरुको बिदालाई व्यवस्थापन गर्न सके मनोबल बढ्छ भन्ने देखाएको छ । सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्ने औंल्याएको छ । कल्याणकारी आयोजनामा सहज र थप पहुँचको उजागर गरेको छ । अनुसन्धानले आगामी मार्गदिशा तय गर्न हामीलाई सघाएको छ । यसमा प्रहरी प्रधान कार्यालय लागी परेको छ । गृहमन्त्रालयको विशेष सहयोग पनि छ’, उनले भने ।

आईजीपी क्षेत्रीले एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि थोपर्न नहुने बताएका छन् । उनले जनताले प्रहरीको मनोबल उच्च बनाउन सके प्रहरीमा काम गर्ने जोश, जाँगर उच्च हुने बताए ।

‘प्रहरीले जागिर छोड्नु परेको कारण पनि उक्त तथ्यले औंल्याएको छ । प्रहरीहरु तोकिएको जिम्मेवार इलाकामा सुरक्षाका लागि जिम्मेवार हुन्छन् । सुत्केरीको जटिलत व्यहोरीरहेकी जननीको उद्धारमा स्टेचर बोक्दै हुन्छन् । या त पहिरोले पुरिएका नागरिकको उद्धारका लागि अतिरिक्त बल प्रयोग प्रहरीको नीति होइन । आफू नचिनिने गरी आफू खटिएका हुन्छन् । अतिरिक्त बल प्रयोग प्रहरीको नीति होइन । एउटा प्रहरी कर्मचारीले गरेको बल प्रयोग प्राशंगिक पनि छैन् । के प्रहरी फगत दोषबाट मात्रै मूल्यांकन हुनुपर्ने पेशा हो त ? गरेका राम्रा काममा सामाजिक सम्मान प्राप्त भयो भने प्रहरीले आफ्नो सेवालाई दिर्घ सेवामा रुपान्तरण गर्ने थिए भन्ने हाम्रो बुझाइ हो’, उनले भने ।