भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको निधन

भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ ।

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा। इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।