बाबुरामलाई जनता समाजवादी पार्टीको अध्यक्ष बनाउने तयारी

बाबुरामलाई जनता समाजवादी पार्टीको अध्यक्ष बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् ।

सोमबार र मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराई अध्यक्ष बनाउने भएको हो । पार्टी एकीकरणको समयमा डा. भट्टराईलाई नै अध्यक्ष बनाउने भद्र सहमति भएको स्रोतले जानकारी दियो ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो । हाल जसपामा ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् ।

त्यस्तै जसपाले केन्द्रीय समितिको संख्या आठ सय पुर्याउने भएको छ । विधान संशोधन गरेर उक्त संख्या पुर्याउन लागिएको स्रोतले जानकारी दियो । हाल जसपामा केन्द्रीय समितिको संख्या सात सय १ रहेको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकतकाका बाँकी काम, विधान संशशोधन र केन्द्रीय समिति, संघीय परिषद्को विस्तार तथा कार्यविभाजनबारे छलफल हुनेछ ।