काठमाण्डु उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेका छन् ।

शनिबार काठमाण्डु उपत्यकामा १७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका थिए

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ५४ हजार १ सय ५१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।