निजी विद्यालयले लिएको बढी शुल्क फिर्ता गर्न अखिल(क्रान्तिकारी )को माग

निजी विद्यालयले लिएको बढी शुल्क फिर्ता गर्न अखिल(क्रान्तिकारी )को माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको महामारीकाबीच निजी विद्यालयहरुले अभिभावकसँग विभिन्न शीर्षकमा चर्को शुल्क लिएको भन्दै अखिल(क्रान्तिकारी ) जिल्ला समिती काठमाण्डुले ज्ञापनपत्र बुझाएको छ ।

अखिल (क्रान्तिकारी)ले आइतबार काठमाण्डु महानगर/सबै नगरहरु , जिल्ला शिक्षा विकास समन्वय इकाई , प्याब्सन, एन प्याब्सन , र हिसानलाई ज्ञापनपत्र बुझाएको हो । उनसले शैक्षिक क्षेत्रमा विद्यमान विभिन्न समस्याहरुको तत्काल समाधान गर्न माग गरेको हो ।

‘शिक्षण संस्थाहरुले यो बिषम परिस्थितिमा गरेको शुल्क वृद्धि खारेज गर्न माग गर्दछौ। भर्ना शुल्क, वार्षिक शुल्क , गाडिभाडा , खेलकुद शुल्क लगायतका विभिन्न शिर्षकमा अशुल गरिएको शुल्क र शैक्षिक सत्रमा वृद्धि गरि अशुल गरिएको शुल्क समायोजन गरियोस । साविकको मासिक शुल्क भौतिक रुपमा कक्षा संचालन नहुन्जेल सम्म पचास प्रतिशत छुट गर्न माग गर्दछौं’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष गोबिन्द बिष्टले बौद्द इन्टरनेसनल स्कुल र बुद्दनगरस्थित केएमसि स्कुलले अभिभावककहरुबाट शुल्क वृद्धि गरि विभिन्न शीर्षकमा शुल्क अशुल गरेको भन्दै उक्त विद्यालयहरुलाई कारबाही गर्न माग गरेका छन् ।

त्यस्तै अखिल (क्रान्तिकारी) ले शिक्षण संस्थाहरुबाट हुने पाठ्यपुस्तक , पोशाक , जुत्ता , लगायतका शैक्षिक सामग्रीहरुको व्यापार बन्द गर्न माग गरेको छ ।

‘ निजि बिद्यालयहरुले अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने नाममा गरिएको मातृभाषामाथिको निशेध बन्द गर्न माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थी संगठनले बिद्यालयहरुले मार्कसिट, सर्टिफिकेट , र क्यारेक्टर सर्टिफिकेटको नाममा बिद्यार्थीहरुवाट चर्को शुल्क अशुली बन्द गर्न माग गरेको छ ।

‘बिद्यालयहरुले लामो समयदेखी शिक्षकहरुलाई पारीश्रमिक उपलब्ध गराएको देखिदैन । तत्काल शिक्षकहरुको पारीश्रमिक उपलब्ध गराउन माग गर्दछौ’, विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक रुपमा कमजोर बिद्यालयहरुलाई सम्बन्धित निकायले अभिभावकत्व ग्रहण गरी सहुलियतपूर्ण आर्थिक ब्यवस्थापन गर्न माग गर्दछौ ।’

संगठनले उल्लेखित मागहरु सम्बोधन कडा कदम चाल्ने चेतावनी दिइएको छ ।