मोरङमा कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी

मोरङमा कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोरङमा कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । दसैंलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले १२ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

सूचनामा भनिएको छ, ‘जिल्लाभरिका सबै मठ, मन्दिर, शक्तिपिठहरू, मस्जिद, गुम्बा, चर्चहरूमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मुर्ति विसर्जन आदि जस्ता कार्यहरू नगर्ने नगराउने ।’

निषेधाज्ञा अवधिभर जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी बाहेक अन्य सवारीको आवतजावतलाई समेत रोक लगाइएको प्रशासनले जनाएको छ ।