दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीमा जनता उपचार नपाएर छट्पटाइरहेको अवस्थामा नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर उक्त रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्नी सापकोटा र राष्ट्रियसभाअध्यक्षसँग छलफल गरेर उक्त निर्णय लिएका हुन् ।

नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद रहेका छन् ।