लिवाङमा प्रभु बैंकको शाखा सञ्चालन


काठमाण्डु – प्रभु बैंकले रोल्पा जिल्लाको रोल्पा नगरपालिका–४ स्थित लिवाङमा आफ्नो  २१०औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पुर्ण के. सी.ले उद्घाटन गरेका थिए ।

बैंकको लिवाङमा शाखा कार्यालयको उद्घाटन गर्दै मेयर के.सी.ले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँचन पुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्गपहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् ।

बैंकको लिवाङमा शाखाकार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुनेभएकोले यहाँका स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमाअभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमालिवाङशाखाकार्यालयले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement