काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र अन्य सबै मन्त्रीहरुले दसैं खर्च कोरोना कोषमा जाम्मा गर्ने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का अन्य सदस्यले पाउने दसैं खर्च वापतको रकम सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई पनि सरकारी कोषमा जम्मा गर्न आग्रह गरिएको जानकारी दिए ।




प्रतिक्रिया