७७ वटै जिल्लाका सिडिओलाई गृहको निर्देशनः दसैं बिदामा नबस्नू

७७ वटै जिल्लाका सिडिओलाई गृहको निर्देशनः दसैं बिदामा नबस्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको छ ।

सोमबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेकाले त्यसको नियन्त्रण र रोकथाममा जुट्नुपर्ने भएकाले यस्तो निर्णय गरेको हो ।

नजिकँदै गरेको दसैं, तिहार, छठ, नेपालसुम्वतलगायतका चाडपर्वमा आवतजावत बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्ने भन्दै मन्त्रालयले जिल्ला नछोड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रुपमा हरसम्भव उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य प्रोटोकलहरु पालना गर्न र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन पनि नागरिकहरुलाई मन्त्रालयको आग्रह छ ।

प्रवक्ता चक्रबहादुर बुढाले चाडपर्वमा झैझगडा, चोरी, लुटपाट, डकैती जस्ता अवाञ्छित गतिविधि हुने भएकाले सुरक्षाको व्यवस्था मिलाउन पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तै चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मिसावट, गुणस्तरहीन साामान विक्री वितरण हुन नदिन बजार अनुगमनलाई तिव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ । उक्त गतिविधिमा संलग्न हुनेलाई कानूनअनुसार कडा कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको हो ।