अर्थ समितिका सभापतिलाई कोरोना संक्रमण

अर्थ समितिका सभापतिलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सभाको अर्थ तथा बिकाश समितिका सभापति दीपक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लक्षण देखिएपछि सभापति कोइरालाले स्वाव परीक्षणका लागि दिएका थिए । संक्रमण पुष्टि भएपछि उनी होाम आइसोलेसनमा बसिरहेका छन् । विभिन्न बैठक र गोष्ठीमा सहभागी हुनेक्रममा आफूलाई संक्रमण भएको हुनसक्ने उनले बताए ।

सभापति कोइरालाका सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको छ । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।