देउवालाई गगनले भनेः सरकारलाई तानेर संसदमा नल्याई हुँदैन

देउवालाई गगनले भनेः सरकारलाई तानेर संसदमा नल्याई हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार संसदबाट भागेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिकल सञ्जालमार्फत नेता थापाले सभापति शेरबहादुर देउवालाई सरकारलाई संसदमा फिर्ता ल्याउन आग्रह गरेका हुन् ।

‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन’, उनले भनेका छन् ।

त्यस्तै सांसद थापाले सरकारलाई संसद बैठक राख्न बाध्य पार्ने र सडकमा शक्ति एकीकृत गरी सरकारलाई सच्चिन बाध्य पार्नुपर्ने बताएका छन् ।

‘संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ’, उनले भने ।