काठमाण्डु प्रशासनले भन्योः दशैंमा घर बाहिर ननिस्किउँ !

काठमाण्डु प्रशासनले भन्योः दशैंमा घर बाहिर ननिस्किउँ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अत्यावश्यक काम बाहेक दशैंमा घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रशासनले कोरोना भाइरसको महामारी कायम रहेका बेला अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले भीडभाडका कारण कोरोनाको जोखिम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

‘चाडबाड नजिँदै गर्दा जिल्ला भित्रै तथा देशव्यापी रुपमा मानिसहरुको आवतजावत तथा भिडभाडका कारण संक्रमणको जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रुपमा सचेतता अपनाई जो जुन ठाउँमा रही चाडपर्व मनाउँ, अति आवश्यक नभई घरबाट बाहिर ननिस्किउँ’, विज्ञप्तिमा भनिएको छ ।