ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन

ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् । महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो ।

लपुमहानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताए । हाल महानगरपालिकामा ७२ नगर प्रहरी कार्यरत छन् ।

ती सबैलाई पोशाक वितरण गरिएको छ । यसैगरी महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइएको महर्जनले जानकारी दिए ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले विगतको पोशाक भद्दा भएकाले नयाँ ल्याइएको बताए । उनले भने, ‘यो पोशाकमा हामी स्मार्ट देखिने छौं । हामी नगरवासीको सहयोगी साथी भएकाले अबदेखि लाठी बोक्ने छैनौँ ।’

नगर प्रहरीलाई स्मार्ट बनाउन क्यामरा पनि दिइएको हाछेथुले जानकारी दिए ।