काठमाण्डु उपत्यकामा थप १७०२ जनामा संक्रमण पुष्टि

काठमाण्डु उपत्यकामा थप १७०२ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना रहेका छन् ।

सोमबार काठमाण्डु उपत्यकामा २३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका थिए

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ५८ हजार २ सय ४१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।