भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसहित ९ जनाको टोली काठमाण्डु अवतरण

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसहित ९ जनाको टोली काठमाण्डु अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुु – भारतीय गुप्तचर संस्था ’रअ’का चिफ सामन्त गोयलसहित ९ जनाको टोली विशेष विमानमा काठमाण्डु अवतरण भएको छ । उनिहरु विशेष विमान (आईएफसी ४६२०) वाट दिउंसो १२ः ४५ मा काठमाण्डु अवतरण गरेका हुन् ।

। रअ चिफको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि उनले सीमा विवादबारे विभिन्न दलका नेताहरुसंग छलफल गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल आउने तयारी गरिरहेका बेला ’रअ’को विशेष टोली काठमाण्डु अवतरण गरेको हो । उनको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने बताइएको छ ।