काठमाण्डु उपत्यकामा थपिए ३१०७ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ३१०७ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना रहेका छन् ।

मंगलबार काठमाण्डु उपत्यकामा १७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना रहेका थिए

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ६१ हजार ३ सय ४८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।