होम आइसोलेसनमा रहेका संक्रमितको अस्पताल भर्ना हुनासाथ मृत्यु

होम आइसोलेसनमा रहेका संक्रमितको अस्पताल भर्ना हुनासाथ मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – घरमै आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको बिहीबार भरतपुरको सरकारी अस्पताल पुगेलगत्तै मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बेलुकी १० बजे मृत्यु भएको हो ।उनलाई राति १० बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको थियो ।

उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै बसेका उनलाई खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ ।