मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत भएको छ । शुक्रबार बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको जनाएको छ ।अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएकाे हाे  ।

गत असोज २५ गते १८ जना सांसदले मुख्यमन्त्री शाही विरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यतिबेलाका प्रमुख सचेतक गुलाबजंग शाहले बोलाएको संसदीय दलको बैठकमा ११ जना मात्रै उपस्थित भएका थिए  ।

अविश्वास प्रस्ताव दर्ता भएलगत्तै प्रचण्ड र माधव नेपाल पक्षबीच नयाँ समझदारी भएको थियो। जसले गर्दा नेपाल पक्षका सदस्यहरु अविश्वास प्रस्तावबाट फिर्ता भएका थिए।