पर्सा – पर्साको विन्दबासिनी गाँउपालिकामा बिहीबार दिउँसो भएको झडपमा घाइते भएका एक नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको छ ।
बिहीबार दिउँसो विन्दबासिनी गाँउपालिका-५मा नेकपाको गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो ।नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । यस घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी बताइन् ।




प्रतिक्रिया