काठमाण्डु उपत्यकामा थपिए १११० जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए १११० जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ८३२ , ललितपुरमा १७६ र भक्तपुरमा १०२ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । शुक्रबार  काठमाण्डु उपत्यकामा  २७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।  जसअनुसार काठमाण्डुमा २३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जना रहेका  थिए।