काठमाण्डु – वि.सं.२०७७ साल कार्तिक ०९ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर २५ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदि बहिनीको सहयोगमा नयाँ काममो थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अली बढी समय दिनसक्दा सबै साथी हरुभन्दा तपार्ईँनै अग्र स्थानमा आउनु हुनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोलि बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको हरेका पाईलामा समर्थन पाइने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।




प्रतिक्रिया