रअ प्रमुखसँग आचारसंहिता विपरीत प्रधानमन्त्रीको भेट किन ? : प्रवक्ता श्रेष्ठ

रअ प्रमुखसँग आचारसंहिता विपरीत प्रधानमन्त्रीको भेट किन ? : प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलसँग पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भेटलाई कूटनीतिक मुल्य र आचारसंहिताविपरीत भएको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

‘भारतको गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ,’ नेता श्रेष्ठले आफ्नो निजी विचार भन्दै लेखेका छन्, ‘हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवम् औपचारिक छलफल भएको छैन ।’

उनले देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादाविपरीत समकक्षीझैँ औपचारिक वार्ता गरेको नेपालको राजनीतिक एवम् कूटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन् ।

‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ,। उनले लेखेका छन् ।

विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

नेपालले गत मे महिनामा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै यो भारतबाट नेपालमा भएको “पहिलो उच्चस्तरीय भ्रमण“ भएको हो । दुई देशबीचको सम्बन्ध ’सामान्य नरहेको अवस्थामा’ गुप्तचर निकायका प्रमुख आफैँ नेपाल आएर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुको गहिरो अर्थ रहेको विज्ञहरुले बताउंदै आएका छन् ।

’परराष्ट्र मन्त्रालयका अधिकारी समेत नराखी’ गरिएको भनिएको गोप्य वार्ताले झन् सत्तारूढ दलका नेताहरूलाई नै झस्काइदिएको विश्लेषकहरू बताउँछन्। भारतीय पक्षमा पछिल्लो समय नेपालमा चीनको प्रभाव बढेको भन्दै चिन्ता बढेको अनि नेपाल पक्षमा भने भारतसँग संवादको ढोका खुला गर्न चाहेको अवस्थामा भ्रमण भएको हुनसक्ने भए पनि यसले दीर्घकालीन रूपमा नेपाललाई प्रभाव पार्न सक्ने बताइएको छ ।

केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै…

Posted by Narayan Kaji Shrestha on Saturday, October 24, 2020