तम्घास – गुल्मीमा जुवा खालबाट प्रहरीले वडा अध्यक्षसहित १२ जनालाई पक्राउ गरेकाे छ । गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो ।
रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा १२ जना जुवाडेलाई पक्राउ गर्नुका साथै केहि नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया