काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ३१ सय ६८ जना डिस्चार्ज भएका छन् । यससंगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।




प्रतिक्रिया